महेन्द्रनगर ।
ईलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटीको टोलीले कैलालीको अत्तरियाबाट ७ किलो चरेश सहित चारजना पक्राउ गरेको छ ।
जिल्लाको गोदावरी नगरपालिका २ मा कोठामा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको चरेश सहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ घर भई गोदावरी २ मा डेरा गरी बस्दै आएका जसमल सिह ठगुन्नासहित मार्मा गाउँपालिका १ कै वकिल सिह ठगुन्ना, जीवन ठगुन्ना र अपीहिमाल गाउँपालिकाका हिक्मत सिंह धामी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्टका अनुसार दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ घर भई गोदावरी २ मा डेरा गरी बस्दै आएका जसमल सिह ठगुन्नाको कोठाबाट ७ किलो चरेश बरामद गरिएको हो ।
उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।