काठमाण्डौँ । मिस नेपाल(२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी छन् ।
बिहीबार मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणा भएपछि अनुष्काले खुशी व्यक्त गर्दै मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन् ।
६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनाले यही शनिबार लन्डन एक्सेलमा हुनेछ । विश्व सुन्दरीको ताजका लागि १ सय २५ देशका सुन्दरी बीच प्रतिष्पर्धा हुँदैछ ।