महेन्द्रनगर ।
कञ्चनपुरमा शुक्रवार फेरी एक जनाको शव भेटिएको छ ।
जिल्लाको भीमदत्त नगरपालिकाको बनगाउँमा अन्दाजी ५०/६० वर्षीय वृद्धको शव भेटिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुडथापाले दैनिक सञ्चारलाई बताए ।
उनको परिचय भने खुल्न सकेको छैन ।
शवलाई महाकाली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको छ ।
चिसो कारण मृत्यु भएको हुन सक्ने प्रह।रीको अनुमान छ ।
लेखिदै…..