कञ्चनपुरमा फेरी एक जनाको शव फेला

विज्ञापन

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरमा शुक्रवार फेरी एक जनाको शव भेटिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिकाको बनगाउँमा अन्दाजी ५०/६० वर्षीय वृद्धको शव भेटिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुडथापाले दैनिक सञ्चारलाई बताए ।

उनको परिचय भने खुल्न सकेको छैन ।

शवलाई महाकाली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको छ ।

चिसो कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

ताजा समाचार