महेन्द्रनगर । चालु आर्थिक वर्षको चार महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चार सय दुई उजुरी परेका छन् ।
आर्थिक वर्ष २०७५/७६ को चौमासिकमा कार्यालयमा ४ सय दुई उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोपबहादुर बिष्टले बताए ।
उनका अनुसार आयोगको कार्यालयमा परेका उजुरी मध्ये २ सय ४७ उजु फछर््यौट गरी सकिएकोे छ ।
चालु आर्थिक बर्षमा सबै भन्दा बढी कैलालीका १ सय १९, कञ्चनपुरका ८४, दार्चुलाका ३४, बैतडीका ४७, डडेल्धुराका २४, डोटीका ३४, अछामका १९, बझाङका १७ र बाजुराका २१ वटा उजुरी र जिल्ला नखुलेका तीन उजुरी दर्ता भएको प्रवत्ता विष्टले जानकारी दिए ।
कार्यालयमा आर्थिक वर्ष २०७०/०७१ मा ७ सय ४९, आ.ब.ं २०७१/०७२ मा १ हजार १ सय २६, आ.ब.ं २०७२/०७३ मा ९ सय ५८, आ.ब.ं २०७३/०७४ मा ६ सय ४४, आ.ब.ं २०७४/०७५ मा ५ सय ८८ र आ.ब.ं २०७५/०७६ मा ७ सय ३४ उजुरी दर्ता भएको प्रवत्ता विष्टले बताए ।
विष्टका अनुसार सबै भन्दा बढी उजुरी स्थानीय तहको विकास निर्माणको कार्य र शिक्षा क्षेत्रका बढी उजुरी परेका छन् ।