कञ्चनपुरमा ३ दिनमा ४ जनाको मृत्यु !

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरमा तीन दिनमा चार जनाको मृत्यु भएको छ । चार दिनका अवधिमा जिल्लामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालष् कञ्चनपुरले जनाएको छ ।

शुक्रवार भीमदत्त नगरपालिकाको बनगाउँमा अन्दाजी ५०÷६० वर्षीय वृद्धको शव भेटियो । यस्तै बिहिवार बेदकोट नगरपालिका–१० सिसैया चौराहमा से ६ प २२४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी कृष्णपुर नगरपालिका वाणीका सन्तोष पन्तको मृत्यु भएको थियो ।

यो पनिः एकाएक कञ्चपुर शोकमय

सोही दुर्घटनामा परी मृतक पन्तका काका नाता पर्ने यज्ञराज घाइते भएका थिए । बेदकोट नगरपालिका–१० नयाँ गाउँ बिहेमा जान लागेका पन्त सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । यस्तै बेदकोट नगरपालिका–२ का्े मुक्त कमैया शिविरमा छिरेको जंगली हात्तीको आक्रमणबाट स्थानीय सीताराम डगौँरा घाइते भएका थिए ।

यस्तै बुधवार बिहान महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरुालाई आक्रमण गरेर दुई जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।

यो पनिः हात्तीको आक्रमणबाट २ दिनको २ जनाको मृत्यु, ५ जना घाइते

महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय बसन्ती भट्ट र भुरी बोहराको जंगली हात्तीको आक्रमणले मृत्यु भएको थियो ।

स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद घाइते भएका छन् । उनिहरुमध्ये एक जनाको महाकाली अस्पताल र तीन जनाको भारतीय सहर खटिमा उपचार भइरहेको छ ।

ताजा समाचार