कञ्चनपुरमा ३ दिनमा ५ जनाको मृत्यु !

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरमा तीन दिनमा पाँच जनाको मृत्यु भएको छ ।

तीन दिनको अवधिमा जिल्लामा सडक दुर्घटना, जंगली हात्तीको आक्रमण लगायतले विभिन्न कारणले पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शुक्रवार भीमदत्त नगरपालिकाको बनगाउँमा अन्दाजी ५०/६० वर्षीय वृद्धको शव भेटियो ।

यो पनि पढ्नुहोस्ः एकाएक कञ्चनपुर शोकमय

बिहिवार राती नै जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका– ९ कुण्डाको गोरखनाथ माध्यमिक विद्यालयले आयोजना गरेको कुण्डेश्वोर धार्मिक ज्ञान महायज्ञमा प्रसाद ग्रहण गर्ने क्रममा जिल्ला रेडक्रसका सह–कोषाध्यक्ष ललितराज रेग्मीको मृत्यु भएको थियो ।

रेग्मीको ह्रदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । यस्तै बिहिवार बेदकोट नगरपालिका–१० सिसैया चौराहमा से ६ प २२४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी कृष्णपुर नगरपालिका वाणीका सन्तोष पन्तको मृत्यु भयो ।

सोही दुर्घटनामा परी मृतक पन्तका काका नाता पर्ने यज्ञराज घाइते भएका थिए । बेदकोट नगरपालिका–१० नयाँ गाउँ बिहेमा जान लागेका पन्त सवार मोटरसाइकल दुर्घटनामा परेको थियो ।

यो पनि पढ्नुहोस्ः कञ्चनपुरमा ३ दिनमा ४ जनाको मृत्यु

यस्तै सोही दुर्घटनामा परी मृतक पन्तका काका नाता पर्ने यज्ञराज घाइते भएका थिए । बेदकोट नगरपालिका–१० नयाँ गाउँ बिहेमा जान लागेका पन्त सवार मोटरसाइकल दुर्घटनामा परेको थियो ।

बुधवार बिहान महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरुलाई आक्रमण गरेर दुई जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।

महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय बसन्ती भट्ट र भुरी बोहराको जंगली हात्तीको आक्रमणले मृत्यु भएको थियो ।

स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद घाइते भएका छन् । उनिहरुमध्ये एक जनाको महाकाली अस्पताल र तीन जनाको भारतीय सहर खटिमा उपचार भइरहेको छ ।

ताजा समाचार