भीनपा–१८ मा एकल महिलाका लागि मसाला, पापड बनाउने सम्बन्धि तालिम

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा मसाला–पापड बनाउने सम्बन्धि ७ दिने तालिम सुरु भएको छ ।

भीमदत्त नगरपालिका–१८ नम्बर वडा कार्यालयको आयोजनामा एकल महिला लक्षित कार्यक्रम तालिम सुरु भएको भीमदत्त नगरपालिका–१८ का वडा सदस्य प्रशान्त भट्टले दैनिक सञ्चारलाई बताए ।

तालिम पुस ३ गतेसम्म चल्ने छ ।

भीनपा–१८ का वडाध्यक्ष राजेन्द्र पान्डेयको अध्यक्षता तथा वडा सदस्य प्रशान्त भट्टको संयोजकत्वमा एकल महिला लक्षित कार्यक्रम अन्तर्गत मसाला–पापड बनाउने सम्बन्धि तालिम सुरु भएको थियो ।

तालिमका प्रशिक्षक सफल उद्धमी माया भट्ट रहेकी छन् ।

तालिममा भीमदत्त नगरपालिका–१८ अन्तर्गतमा १५ जना एकल महिलाहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार