काठमाडौं ।
धनुषाको महेन्द्रनगरमा भएको शक्तिशाली बम विस्फोट घटनामा तीन जना पक्राउ परेका छन् । प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी भएका बिस्फोट घटनामा पक्राउ पर्नेहरुमा सीतादेवि महरा, ललिता महरा र रामसोभित गाहा छन् ।
यो पनिः शंकाको सुई विप्लवतिर, सिआइवी अनुसन्धानमा जाँदै
उनीहरु तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता हुन् । पक्राउ परेका सीतादेवी विप्लव समूहका प्रदेश नम्बर २ संयोजक, ललित र रामसोभित केन्द्रीय सदस्य हुन् ।
३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा गएराति विस्फोट हुँदा साहसहित प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु भएको थियो । यस्तै अन्य ४ जना घाइते भएका छन् ।