पप्पु गुरुङ्ग
दोधारा ।
भारतसंग जोडिएका माहाकाली नगरपालिका मध्यवर्ती क्षेत्रका गाँउ बस्तीहरुमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास छाएको छ ।
माहाकाली नगरपालिकाका भारत संग जोडिएका सिमा बस्तीहरुमा केही मानिस माथी आक्रमण गर्ने खुनी हात्ती घुम्दै आएका खबर छ ।
यो पनिः जंगली हात्तीको आक्रमण्बाट दोधारा चाँदनीमा २ जनाको मृत्यु, ४ जना घाइते
माहाकाली नगर क्षेत्रमा बिगत लामो समय देखि मानव र वन्यजन्तु बिच द्धन्द्ध सुरु भईरहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, माहाकाली नगरपालिकासंग जोडिएको नगरपालिका हो ।
बिगतमा माहाकाली नगरपालिकालाई सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको हो । मध्यवर्ती क्षेत्रका बासिन्दालाई बन्यजन्तुबाट जोगाउन सञ्चालित कार्यक्रमबाट खासै लाभ नपुगेको पीडितको भनाई छ ।
२०५५ सालमा माहाकाली नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा जीउ धनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो । बन्यजन्तु संरक्षण संगै आय–आर्जन कार्यक्रमले गाँउ सुखी हुनेमा सर्वसाधारण विश्वस्त थिए ।
मध्यवर्ती क्षेत्र घोषणा गरेको दुई दशक बित्न लाग्दा पनि बन्यजन्तुले दिएको पीडा घट्नुको साटो बढ्दै गएको छ । स्थानीयको सुरक्षाका लागि सरकारले गर्नु पर्ने व्यवस्था नगर्दा उनीहरु दुःखी छन् ।
स्थानीय खडक रावल भन्छन् ‘जंगली हात्तीको आक्रमण त्रास बढ्दै गएको छ् । माहाकाली नगरपालिकाको वडा नं. १, २, ३, ५, ७, १० शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगलसंग जाडिएको बस्ती जंगली हात्तीको त्रासमा रात बिताउनु पर्ने बाध्य भएका छन् । ‘अरु काम छाडेर कसरी बा“च्ने भन्ने उपाय खोज्नु परेको छ्’ माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलका स्थानिय लक्ष्मी राना भन्छन् ।
सरकारले बन्यजन्तु संरक्षण गरेर विकास ल्याएको भए पनि विनाश र क्षति न्यूनीकरणको पक्षमा मौन बसेको स्थानीयको गुनासो छ् । जंगली जनावर नियन्त्रणका लागि तारबार गर्ने कार्य सरोकारवाला निकायले तदारुकता देखाएको छैन् । संरक्षणका नाममा र बन्यजन्तुबाट हुने क्षति नियन्त्रणका लागि डब्लुडब्लुएफ र तराई—भू परिधिले समुदाय स्तरमा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
कार्यक्रममा बर्सेनी ठूलो रकम खर्च भए पनि उपलब्धि न्यून हुदा स्थानीय सन्तुष्ट छैनन् । बन्यजन्तु संरक्षणका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले गोष्ठीमा मात्र बजेट खर्च गर्दा समुदाय लाभान्वित हुन नसकेको उनीहरुको गुनासो छ् । निकुञ्जले माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलमा गरेको बिद्युतीय तारवार प्रभावहिन अर्थात काम नलाग्ने भएपछि हात्ती लगाएतका जंगली जनावारहरु गाँउ बस्तीमा बस्ने क्रम बढेको हो ।
बिद्युतीय तारवार नभएर प्रभावहिन बनेका माहाकाली नगरपालिकाका भारत संग सिमा जोडिएका बस्तीहरु जंगली हात्तीको आतंक बढेपछि स्थानीयहरु नराम्रो संग प्रभावित बन्दै आएका हुन् ।
भारतिय जंगलबाट बडवाल टोल नजिक क्षेत्र हुदै माहाकाली नगरपालिका वडा नं. २ स्थित रहेको मायापुरी मध्यवर्ती सामुदायिक बन क्षेत्रमा केही दिन अघि मात्र हात्तीले २ जनाको ज्यान लिनुको साथै ४ जना शक्त घाईते बनाएको हो ।
स्थानीय अनुसार मायापुरी मध्यवर्ती सामुदायिक बनमा घट्नाको दिन देखी लगातार माहाकाली नगरपालिकाको भारत संग जोडिएको सिमा बस्ती तथा सामुदायिक बनमा खुनी हात्ती देखा पर्दै आएको बताउछन् ।
रातीमो समयमा उक्त खुनी हात्ती देखा पर्न थालेपछि स्थानियहरु रातीको समयमा हिड्न समेत डर मान्न थालेका छन् ।