महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित निङ्गलाशैनी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष दिपक प्रशाद जोशीको अध्यक्षता रहेको उत्त कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेशका प्रदेश सासंस तथा नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारालामा तामाङ रहेका थिए ।
कार्याक्रममा प्रमुख अथिति लामाले सहकारी लाई सबैले बुझन आश्यक रहेको बताए । हामीले बुझन र बुझाउन नसक्दा सहकारीलाई हेर्ने नजर गलत भएको सासंद लामाले बताए ।
कार्यक्रममा बोल्दै सासंद लामाले भने ‘जहाँ सहकारीको विकास भएको छ त्यहा विकास पनि भएको छ ।’ उनले थपे ‘सबै भन्दा धेरै सहकारी भएको प्रदेश ३ नम्बर प्रदेश हो र ३ नम्बर प्रदेश देशकै विकसित प्रदेश पनि हो । त्यस्तै सबै भन्दा कम सहकारी भएको प्रदेश कर्णाली प्रदेश र २ नम्बर प्रदेश हो जुन सबै भन्दा कम विकसित प्रदेश हो ।’ त्यसैले विकासको लागी सहकारीको विकास हुन आवश्यक रहेको सांसद लामाले बताए ।
उनका अनुसार जब सम्म सहकारीको विकास हुदैन तब सम्म गाउँ, सहर, प्रदेश तथा देश को विकास हुदैन । त्यस्तै सबै सहकारी एक जुट भएर तथा मर्ज भएर एक भए राम्रो हुनेमा सासंद लामाले जोड दिए ।
निङ्गलाशैनि बहुद्देश्यीय सहकारी संस्थामा हाल ७ हजार ४ सय ७५ सदस्य रहेको सहकारीका अध्यक्ष दिपक प्रशाद जोशीले बताए ।
त्यस्तै सहकारीले आर्थिक वर्ष २०७४/०७५ मा ९१ लख ८३ हजार ८ सय ६४ र आर्थिक वर्ष ०७५/०७६ मा १ करोड ५५ लाख ४० हजार २ सय ९८ आम्दानि भएको अध्यक्ष जोशीले बताए ।
उनले भने‘सहकारीले आयको लाग्ने कर आर्थिक वर्ष २०७४/०७५ मा १ लाख ३४ हजार ७ सय ५४ र आर्थिक वर्ष ०७५/०७६ मा १ लाख ९० हजार ९ सय ८१ राजश्व तिरेको छ ।’ आर्थिक वर्ष ०७५/०७६ मा सहकारीले ८ करोड ९३ लाख ९२ हजार ४ सय ८० ऋिण लगानी गरेको अध्यक्ष जोशीले बताए ।
कार्यक्रममा सहकारीका सेयर सदस्य, सदस्य, विभिन्न सरकारी गैरसरकारी संस्थाका प्रतिनिधि, सर्वसाधारण लगाएतको उपस्थिति रहेको थियो ।