इलेक्ट्रोनिक्स डिलर्स एशोसियसन अफ नेपाल कैलालीको अध्यक्षमा भाट

विज्ञापन

Share post:

कैलाली। 

इलेक्ट्रोनिक्स डिलर्स एशोसियसन अफ नेपाल धनगढी कैलालीको अध्यक्षमा प्रकाशकुमार भाट सर्वसम्मत चयन भएका छन्।

आज भएको आठौं साधारणसभा तथा तेस्रो अधिवेशनले आगामी तीन वर्षका लागि भाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्ष सूर्य सापकोटा, उपाध्यक्ष प्रकाशचन्द्र पाण्डेय, महासचिव गोविन्द खतिवडा, सचिव टोपबहादुर केसी र कोषाध्यक्ष नेत्रप्रसाद तिवारी छन्।

सदस्यहरू योगराज भट्ट, हेमन्तराज बस्नेत, प्रकाश नाथ, मकर चौधरी, राहुल बंशल चयन भएको निर्वाचन कमिटी संयोजक गोविन्दराज जोशीले जानकारी दिए।

ताजा समाचार