दोधारा–चाँदनीका खेत जलमग्न, ९० बिघा जमीनको गहुबाली नोक्सान

Share post:

महेन्द्रनगर ।
लगातारको वर्षाले कञ्चनपुरको महाकाली नगरपालिका–१० का स्थानीयले लगाएको गहुबाली नोक्सान गरेको छ ।

वडा नम्बर १० को बैतिफाटाका स्थानीयले लगाएको गहुबाली लगातारको वर्षाले खेतमा पानी जमेर सबै बाली सखाप पारेको वडाध्यक्ष नर बहादुर सुनारले दैनिक सञ्चारलाई बताए ।

उनका अनुसार ८०/९० विघा जमीनमा स्थानीयले लगाएको गहुबाली पानी जमेर नोक्सान भएको हो । स्थानीय १२ जनाको गहुबाली पानीले नोक्सान गरेको छ ।

नर बहादुर शाही, हस्त चुनारो र डल्लु चुनारो लगायतले लगाएको गहुबालीमा पानी जमेर क्षति भएको हो ।

वर्षाले गहुबाली नोक्सान गरे पछि  स्थानीय किसान चिन्तित भएका छन् ।

हिजो र आजको लगातारको वर्षाले सो क्षेत्रका बस्तीका साथै गहुबाली जलमग्न भएका छन् ।

Image may contain: people standing, sky, outdoor, nature and water

फोटो सौजन्यः धर्मराज पन्त

ताजा समाचार