काठमाडौं । दोलखको लामोसाघुँ–जिरी सडक खण्डमा सवारी दुर्घटना हुँदा ठूलै हताहती भएको खबर छ ।
कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा २ ख ४४६८ नम्बरको बस लामोसाधु जिरी सडकखण्डको ६ किलोमा दुर्घटना भएको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए ।
उनले दुर्घटना भएको छ । ठूलै हताहती भएको र अहिले उद्दार जारी रहेकोले यकिन भन्न नसकिने बताए ।
प्रहरी स्थानीयको उद्दारमा जुटेका छन्, सडकबाट बस कम्तीमा ५ सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ ।