काठमाडौं । दोलखको लामोसाघुँ–जिरी सडक खण्डमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १३ पुगेको र ठूलै हताहती भएको छ ।
कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा २ ख ४४६८ नम्बरको बस लामोसाधु जिरी सडकखण्डको ६ किलोमा दुर्घटना हुदा १३ जनाको मृत्यु भएको र ठूलो हताहती भएको भएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ ।
अहिले उद्दार जारी रहेकोले अझै यकिन भन्न नसकिने प्रहरीले जानकारी दिए ।
सडकबाट बस कम्तीमा ५ सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ ।