दाङ बारमा नेकपा-कांग्रेस संयुक्त प्यानल पराजित,स्वतन्त्र प्यानलका शिवप्रसाद निर्वाचित

Share post:

दाङ । नेपाल बार एशोसियसन जिल्ला बार इकाई दाङको अध्यक्षमा स्वतन्त्र प्यानलका शिवप्रसाद घिमिरे निर्वाचत भएका छन्।

शनिवार भएको निर्वाचनमा घिमिरेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले समर्थन गरेका उम्मेदवार ऋषिराज न्यौपानलेलाई चार मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचनमा १२० मत खसेकोमा घिमिरेले ६२ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी न्यौपानेले ५८ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा घिमिरे प्यानलकै मणिराज आचार्य निर्वा्चित भएका छन्।

उनले न्यौपाने प्यानलका ठाकुरप्रसाद वलीलाई एक मतले पराजित गरेका छन्। विजयी आचार्यले ६० र पराजित वलीले ५९ मत प्राप्त गरेका थिए। सचिवमा न्यौपाने प्यानलकै सञ्जयकुमार केसी ७० मत ल्याउँदै विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी घिमिरे समूहका नारायणप्रसाद डाँगीलाई ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेशमराज गिरीले जानकारी दिए। कोषाध्यक्षमा भने न्यौपाने प्यानलका ठाकुरप्रसाद गिरी निर्वा्चित भएका छन्।

उनले घिमिरे प्यानलका प्रेमबहादुर वलीलाई १३ मतले पराजित गरेका छन्। गिरीले ६४ र वलीले ५१ मत प्राप्त गरेका छन्।

बारको सदस्यमा हरि वेल्वासे, भरत न्यौपाने, निर्मलेश्वरी दाहाल, निर्मला सुवेदी, ओमभक्त डाँगी, अच्युतराज न्यौपाने र नारायणप्रसाद रिजाल निर्वा्चित भएका छन्।

त्यसैगरी केन्द्रीय पार्षदहरुमा निश्चल हमाल, लुमबहादुर कार्की, नुमानन्द आचार्य, ललित बहादुर केसी, किरण पौडेल, अर्जुन कुमार अधिकारी र गोपाल गिरी निर्वा्चित भएका छन्।

श्रोतथाहाखबर

ताजा समाचार