बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

Share post:

सप्तरी ।
सप्तरीको कञ्चनरुपा नगरपालिका-६ मा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

स्थानीय ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई बँदेलले एक्कासी आक्रमण गर्दा गरेको हो।

उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिए।

ताजा समाचार