महेन्द्रनगर ।
कञ्चनपुरका विद्यार्थी आन्दोलित भएका छन् ।
आइटी विद्यार्थीले पनि लोकसेवा आयोगको खुल्ला प्रतियोगितामा समावेशको माग गर्दै आन्दोलित भएका हुन ।
आन्दोलन स्वरुप आइतवार सदरमुकाम महेन्द्रनगरस्थित विद्यार्थीहरुले प्रदर्शन गरे ।
आइटी काउन्सिलको व्यवस्था हुनु पर्नेमा नभएको, अरु सरह खुल्ला लोक सेवा लड्न पाउनु पर्ने, रि–सर्च डेभलपमेन्टको व्यवस्था, प्रकाशन गर्नु पर्ने शैक्षिक क्यालेन्डर हालसम्म पनि प्रकाशन नगरे, छात्रवृत्ति उपलब्ध नभएका तत्काल उपलब्ध गराउनु पर्ने माग राख्दै प्रदर्शन गरिएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका लोकेन्द्र विष्टले दैनिक सञ्चारलाई बताए ।
आइटीका विद्यार्थीका लागि वकालत गर्ने काउन्सिलको व्यवस्था हुनु पर्ने उनले माग गरे ।
आइटी पढ्ने विद्यार्थी संख्या बढ्दै गए पनि स्थायी रोजगारीका लागि लोकसेवा आयोगको खुल्ला प्रतियोगितामा समावेश नहुनु बिडम्बना रहेको उनले धारणा राखे ।
लोकसेवा आयोगले निकट भविष्यमा गर्ने विज्ञापनमा आइटीको छुट्टै विज्ञापन खोलेर विद्यार्थीहरुलाई प्रतिस्पर्धामा ल्याउनु पर्ने विद्यार्थीहरुको माग छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र सिद्धनाथ बिज्ञान क्याम्पसबाट सुरु भएका्े -याली पुष्पलाल चोक हुदै मदन चोकमा गएर कोण सभामा परिणत भएको थियो ।
‘लोकसेवा आयोगको खुल्ला प्रतियोगितामा समावेश गर, समय अनुसार सरकार परिष्कृत होस्, लगायतका नारा लेखिएका प्ले कार्ड विद्यार्थीहरुले बोकेका थिए ।
आइतवार नै विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धि निकायलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । -यालीमा शिक्षक लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।