भीनपा-१५ द्धारा दृष्टिविहिन क्रिकेट संघलाई क्रिकेट सामाग्री वितरण

Share post:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर १५ ले दृष्टिविहिन क्रिकेट संघ कञ्चनपुरलाई क्रिकेट सामाग्री वितरण गरेको छ ।

आईतवार एक कार्यक्रमका बिच दृष्टिविहिन क्रिकेट खेलाडीको लागी भन्दै १० हजार मुल्य बराबरको क्रिकेट सामाग्री संघलाई हस्तान्त्ररण गरीएको भीमदत्त नगरपालीका १५ का वडा अध्यक्ष भीम बहादुर साहुले दैनिक सञ्चार लाई बताए ।

आईतवार १० हजार मुल्य पर्ने क्रिकेट सामाग्री ४ थान ब्याट र एक थान ह्यान्ड गल्पस वितरण गरीएको वडा अध्यक्ष साहुले बताए ।

ताजा समाचार