महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिकामा गत बुधवार जंगली हात्तीको आक्रमणबाट घाइते भएकाहरुको परिवारलाई नगरपालिकाले सहयोग गरेको छ ।
आइतवार महाकाली नगरपालिकाको एक टोली घाइते परिवारको घरमा नै पुगेर उपचार खर्च बापतको रकम सहयोग गरेको हो ।
यो पनिः हात्तीको आक्रमणबाट घाइतेलाई नगरपालिकाले सहयोग गर्ने
बुधवार बिहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय बसन्ती भट्ट र भुरी बोहराको जंगली हात्तीको आक्रमणले मृत्यु भएको थियो भने स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद घाइते भएका थिए ।
घाइतेहरुलाई उपचार खर्च बापत २५/२५ हजार घर मै पुगेर प्रदान गरिएको महाकाली नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्क्ष दिल बहादुर सिजालीले दैनिक सञ्चारलाई बताए ।
यो पनिः एकाएक कञ्चनपुर शोकमय
महाकाली नगरपालिकाले जंगली हात्तीको आक्रमणबाट बुधवार मृत्यु भएका दुई जनाको परिवारलाई क्रिया खर्च बापत ५०/५० हजार र घाइतेहरुलाई २५/२५ हजार दिने निर्णय गरेको थियो ।
सोही अनुरुप मृतक दुई जनालाई यस अघि नै राहत रकम प्रदान गरिएको थियो ।
महाकाली नगरपालिकाकी उपप्रमुख चिनी गिरी, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्र, नगरपालिकाका कार्यक्रम संयोजक भानदेव भट्ट, वडा नम्बर २ का वडाध्यक्ष कमलापती भट्ट, ३ का वडाध्यक्ष पुस्करदत्त जोशी, ६ क वडाध्यक्ष दिल बहादुर सिजाली, ४ का वडाध्यक्ष भक्त बहादुर सुनार र वडा नम्बर ८ का वडाध्यक्ष ओम प्रकाश रोकाया लगायतको टोलीले घर मै पुगेर हात्तीको आक्रमणबाट घाइते भएकाहरुलाई उपचार खर्च उपलब्ध गराएको हो ।