सागमा स्वर्ण पदक विजेता संगीता धामीलाई भीनपा–३ ले दियो २५ हजार

Share post:

महेन्द्रनगर ।
१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कञ्चनपुरकी संगीता धामीलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–३ वडा कार्यालयले नगद पुरस्कार सहित सम्मान गरेको छ ।

सागको कुस्ती खेलमा स्वर्ण पदक जितेकी कञ्चनपुरकी धामीलाई आइतवार स्वागत गर्दै नगर परिक्रमा गराइएको छ । नगर परिक्रम पश्चात् आयोजित कार्यक्रममा स्वर्ण पदक विजेता १९ वर्षीय धामीलाई वडा कार्यालयले २५ हजार ५ सय २५ रुपैँया नगद पुरस्कार प्रदान ग-यो ।

नगर परिक्रमाका साथै नगदसहित राष्ट्रिय झण्डा ओढाएर स्वण पदक विजेता धामीलाई सम्मान गरिएको भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष राम बहादुर जप्रेलले दैनिक सञ्चारलाई बताए ।

सागमा स्वर्ण जितेर नगरपालिका, जिल्ला, प्रदेश र देशको मान प्रतिष्ठा बढाएकोले नगद सहित सम्मान गरिएको हो । यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिकाले पनि धामीलाई पुरस्कार घोषणा गरेको छ ।

भीमदत्त नगरपालिका–३ मा आयोजित कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिह धामीले पदक विजेता धामीलाई एक लाख ५ हजार पुरस्कार दिने घोषणा गरे ।

सागको कुस्ती खेलमा ५५ किलो तौल समूहमा नेपालका लागि संगीताले स्वर्ण जितेकी थिइन । उनि भीमदत्त नगरपालिका–३ की हुन ।

ताजा समाचार