खाना माग्दा श्रीमानले कुटेर यसरी घायल पारे आफ्नै श्रीमती

Share post:

राजविराज ।

घरमा पकाउनलाई सामल छैन् भन्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ मा एक महिला आफ्नै श्रीमानको कुटाइबाट थला परेकी छिन् ।

दलित बस्तीकी ३० वर्षीया मञ‍्जुदेवी खंग श्रीमान ३५ वर्षीय राजकुमार खंगको निर्घात कुटपिटबाट थला परेकी हुन् । कुटपिटबाट बेहोस मञ्जुको आँखा, अनुहार र शरीरभरी चोटपटक लागेको छ ।

अवस्था गम्भीर भएपछि चिकित्सकले उनलाई अर्कै अस्पतालमा रेफर गरेका छन् । घरमा ११ र सात वर्षीय दुई नाबालक छोरा र पक्षघात बिरामी सासू छन्।

आर्थिक अवस्था कमजोर रहेकाले उपचार गराउन सक्ने अवस्थामा उनी छैनन् । हाल राजविराजस्थित अस्पतालमा उनको निशुल्क उपचार भइरहेको छ ।

ताजा समाचार