दीपक पन्त हत्या प्रकरणः महाकाली नगरपालिकाद्धारा ५० हजार राहत हस्तान्तरण

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिकाले दीपक पन्तको परिवारलाई ५० हजार नगद राहत रकम हस्तान्तरण गरेको छ । महाकाली नगरपालिकाको एक टोलीले नगरपालिकाले घोषणा गरेको राहत रकम हस्तान्तरण गरेको हो ।

चक्कु प्रहारबाट मृत्यु भएका महाकाली नगरपालिका–३ का दीपक पन्तको परिवारलाई राहत स्वरुप ५० प्रदान गर्ने नगरपालिकाले निर्णय गरेको थियो ।

नगरपालिकामा बसेको बैठकले मृतक परिवारलाई राहत स्वरुप तत्काल ५० हजार उपलब्ध गराउने निर्णय बमोजिम सो राहत रकम हस्तान्तरण गरिएको महाकाली नगरपालिका– ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता दिल बहादुर सिजालीले दैनिक सञ्चारलाई बताए ।

मंसिर १२ गते नगरपालिका–१८ गोबरैयामा २२ वर्षीय दीपक पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चारजनाको समूहले चक्कु र हेलमेट प्रहार गरेर हत्या गरेका थिए ।

मोटरसाइकल ओभरटेक गरेको निहुँमा चक्कु प्रहार गरी हत्या घटनामा पक्राउ परेका चार जनाले अपराध स्विकारेका छन् ।

घटनामा विनोद बोहरा, मनिष नाथ, नवीन सिंह र गणेश लुहार पक्राउ परेका थिए । उनिहरुले अपराध समेत स्विकारेका छन् । यी मध्ये मनिष नाथ ज्यान मार्ने उद्योगको मुद्दा लागेका हुन ।

यसअघि उनले भीमदत्त नगरपालिकाको मझगाउँमा लागेको रामलिलामा ‘ज्यानमारा’ हमला गरेका थिए । उनी फरार सूचिमा रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइलमा सवार पन्तलाई चारजनाको समूहले आफूहरुको स्कुटरलाई किन ओभरटेक गरेको भन्दै हेलमेट, चक्कुले कुटपिट गरेका थिए ।

ताजा समाचार