डोटी । जिल्ला अस्पताल डोटीले चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार गर्ने भएको छ ।
आईतवार अस्पताल व्यवस्थापन समिति डोटीको बैठकले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।
उनीहरुको नाम दर्तादेखि चिकित्सकीय तथा भिडियो एक्सरे र ल्याबमा कुनै पनि प्रकारको शुल्क नलाग्ने अस्पतालले जानाएको ।