विभिन्न ११ बुदेँ माग गर्दै अनेरास्ववियुद्धारा जनज्योति क्याम्पस प्रशासनलाई ५ दिने अल्टिमेटम

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसी स्थित जनज्योति बहुमुखी क्याम्पसमा सत्तापक्ष नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न माग राख्दै क्याम्पस प्रशासननलाई ५ दिने अल्टिमेटम दिएको छ ।

सोमवार क्याम्पसमा निमित्त प्रमुख धमेन्द्र गिरीलाई विभिन्न ११ बुदेँ माग गर्दै ५ दिने अल्टिमेटम दिएको हो ।

अनेरास्ववियु जनज्योति क्याम्पस कमिटीले सोमवार विभिन्न माग अगाडि सार्दै क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियु जनज्योति क्याम्पस कमिटी सदस्य चन्द्र भण्डारीले दैनिक सञ्चारलाई बताए ।

कम्प्युटर ल्याब ब्वाइको तुरुन्त व्यवस्था हुनु पर्ने, क्याम्प्युटर ल्याबमा १५ कम्प्युटर थपिनु पर्ने , बिबिएस र बिएस डब्ल्युमा अंग्रेजी र नेपाली दुवै भाषामा पढाइ गरिनु पर्ने, अंग्रेजी र नेपाली भाषामा अध्ययन गर्ने विद्यार्थीको कोठा छुट्टा छुट्टै हुनु पर्ने, सिसिटिभी क्यामेरा जडान गरिनु पर्ने, ई–लाइबब्रेरीको काम पूर्व–सम्झौता अनुरुप कार्यान्वयन गरिनु पर्ने, बिएसडब्ल्युको शुल्क अघिल्लो वर्षकै कायम हुनु पर्ने लगायतका ११ बुदेँ माग अनेरास्ववियु जनज्योति क्याम्पस कमिटीले अगाडि सारेको छ ।

आफ्ना मागहरु तत्काल सम्बोधन नभए आफुहरु जस्तो सुकै कडा कदम पनि चाल्न तयार हुने विद्यार्थीको चेतावनी छ ।

विद्यार्थीको माग प्रति सकारात्मक रहँदै तत्काल विद्यार्थीका जायज माग सम्बोधन हुने क्याम्पस प्रशासनले जनाएको छ ।

 

No photo description available.

ताजा समाचार