दुई कलाकारको निधनः प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

Share post:

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार ट्विट गर्दै भनेका छन्, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ। उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ।”

प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन्। अध्यक्ष भट्टराईको आइतबार राति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

दुवै कलाकारको आजै पशुपति आर्यघाटमा अन्तिम स‌ंस्कार गरिदैछ ।

श्रोतkantipur

ताजा समाचार