नेपालमा भित्रियो डुअल च्यानल एबिएस सहितको रोयल इनफिल्ड, कति पर्ला मूल्य?

Share post:

डुअल च्यानल एबिएससहित बिएस आई भी रोयल इन्फिल्डले क्लासिक ३५० सिसी मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ।

रोयल इन्फिल्डको नेपालको लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले उक्त बाइक नेपाली बजारमा भित्र्याएको हो।

यस मोटरसाइकलमा फ्यूल इन्डिकेटर, हेडलाइट केसिङ, डुअल डिस्क ब्रेक, एट्जस्ट फिन्स, ओभल टुल बक्स, स्पिडोमिटर डायल, सिङ्गल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्ब्ली, हेडलाइट क्याप समावेश गरिएको छ।

डुअल च्यानल एबिएसको कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भैरहेको रोयल इन्फिल्ड झन् सुरक्षित हुने कम्पनीको विश्वास छ।

विवेक अटोमोबाइल्स प्रालीले आफ्ना १९ वटा शाखा एवं डिलहरुमार्फत यो मोटरसाइकल विक्री वितरण शुरु गरेको छ।

श्रोतratopati

ताजा समाचार