‘मझगाउँ विमानस्थल पुनःसञ्चालनमा सेना बाधक छैन’

Share post:

महेन्द्रनगर ।
दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःसञ्चालनमा सेना बाधक नरहेको नेपाली सेनाले जनाएको छ ।

सोमवार महेन्द्रनगरमा नम्बर २५ बाहिनी भगतपुरले आयोजना गरेको नागरिक सैनिक अन्तक्रिया कार्यक्रममा बोल्दै बाहिनीपति सहायक रथी शंकर बहादुर पण्डितले सेनाका कारण विमानस्थल पुनः सञ्चालनमा बाधा सृजना नहुने दाबी गरे ।

अन्तक्रियामा सहभागीहरुले मझगाउँ स्थित सेनाको ब्यारेक चर्चेको जमीनले विमानस्थलको लागि जमीन अपुग भएर विमानस्थल पुनः सञ्चालनमा बाधा पुग्छ कि भन्ने जिज्ञासामा बाहिनीपति सहायक रथी शंकर बहादुर पण्डितले सो कुरा बताएका थिए ।

‘सुदूरपश्चिम असाध्यै सुन्दर छ, यहाँ अथाहा सम्भावना रहेकाले मझगाउँ विमानस्थल पुनः सञ्चालन पश्चात् यस क्षेत्रको समृद्धि हुने छ, त्यसैले विमानस्थल पुनःसञ्चालन गर्न जरुरी छ ।’ उनले भने, ‘हामीले विमानस्थल पुनःसञ्चालनमा कुनै बाधा हुदैन । ब्यारेक हटाउनु पर्ने भए पनि यस बारे हामी माथीसम्म कुरा गरेर सो पनि मिलाउन तयार छौँ । हाम्रो कारण विमानस्थल सञ्चालन हुनबाट रोकियो भन्ने अवस्था सृजना हुन दिदैनौँ ।’

असुरक्षाको कारण देखाउँदै सशस्त्र द्धन्द्धकालमा मझगाउँ विमानस्थल बन्द गरिएको थियो । त्यसयता सञ्चालनमा आउन सकेको छैन ।

ताजा समाचार