बझाङ प्रहरीद्धारा वाल बिवाह सम्बन्धी विद्यार्थिलाई प्रशिक्षण

Share post:

महेन्द्रनगर । बझाङ प्रहरीले बाल विवाह सम्बन्धि विद्यार्थिहरुलाई सचेतना मुलक प्रशिक्षण दिएको छ ।

सोमवार बझाङको जयपृथ्वी नगरपालीका ११ स्थित श्री सत्यवादी माध्यमिक विद्यालयका विद्यार्थिहरुलाई बाल बिवाह,बहु बिवाह, घरेलु हिंसा, महिला हिंसा, लैङ्गिक बिभेद, छाउपढी प्रथा सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङको आयोजनामा “समुदाय(प्रहरी साझेदारी” कार्यक्रम अनुरुप सत्यावादी विद्यालयका विद्यार्थिहरुलाई एक कार्यक्रमका विच सचेतना मुलक प्रशिक्षण दिईएको थियो ।

ताजा समाचार