महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसी स्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपालको झण्डा फहराइएको छ ।
सोमवार क्याम्पसमा जनज्योति स्वतन्त्र युवा क्लवले झण्डा राखेको हो ।
पहिलो पटक कलेजमा नेपालको झण्डा फहराइएको जनज्योति स्वतन्त्र युवा क्लवका अध्यक्ष डम्मर भट्टले दैनिक सञ्चारलाई बताए ।
जनज्योति बहुमुखी क्याम्पसमा एक साता अगाडि क्लव गठन गरिएको थियो ।
जनज्योति क्याम्पस लाई आगामी दिनमा शैक्षिक प्रगति तथा क्याम्पस भित्र आएको समस्यालाई सम्पूर्ण शिक्षक तथा क्याम्पस व्यवस्थापन समिति मिलेर समाधान गर्ने र क्याम्पसमा कुनै पनि अनैतिक क्रियाकलाप हुन नदिन क्लव गठन गरिएको अध्यक्ष भट्टले बताए ।