पप्पु गुरुङ
दोधारा । वडा क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन माहाकालीमा आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाले किसानहरुलाई च्याउ र तरकारीका बेर्ना बितरण गरेको छ ।
माहाकाली नगरपालिका स्थित रहेको आस्था कृषी सहकारी संस्था लिमिटेड माहाकालीले वडा नं. ६ मा रहेका कृषी सुमह मार्फत किसानहरुलाई च्याउको बिउ र तरकारीका बेर्ना बितरण गरिएको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड माहाकालीका अध्यक्ष बेल बहादुर रानाले जनाएका छन् ।
माहाकाली नगरपालिका वडा नं. ६ वडा कार्यालयको सहयोग र आस्था कृषी सहकारी संस्था लिमिटेड माहाकालीको आयोजनामा वडा नं. ६ मा रहेका १९ वटा समुहका मार्फत किसानहरुलाई च्याउको बिउ र तरकारीको बेर्ना बितरण गरिएको आस्था कृषी सहकारी संस्था लिमिटेड माहाकालीका अध्यक्ष बेल बहादुर रानाले बताएका छन् ।
वडामा २० केजी च्याउको बिउ र खुर्सानी, बन्दा, भण्टा लगाएत तरकारीका बेर्ना बितरण गरिएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगरले बताएका छन् ।
‘वडामा रहेका कृषी मुल समितिलाई मार्फत च्याउको बिउ र तरकारीको बेर्ना बितरण गरेका छौं’ माहाकाली नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगरले भने ।
बिगतका दिनहरु देखी माहाकाली नगरपालिका वडा नं. ६ कृषी क्षेत्रमा सक्रियता जनाउदै आएको छ् । माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कृषकहरुलाई बिभिन्न बिउ बिजन बितरण गर्दै स्वरोजगार बनाउन प्रेरित गरिरहेको जनाएका छन् ।
वडामा बिभिन्न समयमा तरकारी बालीका बिउ, बिजन तथा कृषी क्षेत्रलाई उकास्न बिभिन्न कृयाकलाप गर्दै आएको वडा अध्यक्ष तथा माहाकाली नगरपालिका नगर प्रबक्ता सिजालीले बताएका छन् ।
व्यावसायिक च्याउ खेती गर्ने कृषकहरुलाई बिउ वितरण संगै प्राविधिक सहयोग गरिरहेको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड माहाकालीका अध्यक्ष बेल बहादुर रानाले बताएका छन् ।
कृषि पेशामा आकर्षण वढाउन माहाकालीका वडाहरुमा बिभिन्न कार्यक्रम संचालन गरिदै आएको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाका प्रबन्धक सबिना थापाले बताएका छन् ।
व्यवसायिक रुपमा कृषिमा काम गरेकालाई सहकारी संस्थाले सम्मान गर्दै आएको बताउदै आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाले माहाकाली नगरपालिका कार्यालय र अन्य निकाय संग समन्वय गरि माहाकाली नगर क्षेत्रका किसानहरुको जिवन स्तर उकास्ने प्रकारको कार्यक्रम गर्दै आएको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाका प्रबन्धक सबिना थापाले बताएका छन् ।
च्याउ र तरकारीका बेर्ना बितरण कार्यक्रममा सहभागी हाम्रो टोल बिकास कृषी समुहका प्रतिनिधी सुमी गुरुङ्गले वडामा कृषी क्षेमा बिगतको तुलनामा अहिले आएर बिशेष कार्यक्रम संचालन गरेर कृषीमा संलग्न किसानहरुको अवस्था सुधार गर्न पहल गरेकोमा आस्था सहकारी र वडा कार्यालयमा बिशेष धन्यबाद दिएका छन् ।
कार्यक्रममा माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा सदस्य भुवन आले मगर, आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष बेल बहादुर राना, आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाका प्रबन्धक सबिना थापा, आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था कृषी उपसमितीका संयोजक आन सिंह जोशी लगाएत वडामा रहेका कृषी समुहका प्रतिनिधीको सहभागिता रहेको थियो ।