स्वर्गिय भट्टको १२ औँ पूण्यतिथिमा अनाथालयमा शैक्षिक सामाग्री तथा मिष्ठान भोजन

Share post:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका १८ का स्वर्गिय अमृत भट्टको १२ औँ पूण्यतिथिका अवसरमा स्वर्गिय भट्टका परिवारले अनाथालयमा शैक्षिक सामाग्री वितरण तथा खाना खुवाएका छन् ।

सोमवार भट्टको १२ औ पूण्यतिथिका अवसरमा कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अञ्चल बाल अनाथालयका बालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण तथा एक छाक खानामा खिर, फलफुल र विस्कुट खुवाईएको स्वर्गिय भट्टका बुवा भीमदत्त भट्टले बताए ।

स्व.भट्टको २१ बर्षको कलिलो उमेरमा यहि मंसिर १९ गते निधन भएको थियो ।

स्वर्गिय अमृत भट्ट
स्वर्गिय अमृत भट्ट

ताजा समाचार