महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ ले जेष्ठ नागरिकहरुलाई न्यानो लुगा वितरण गरेको छ ।
मंगलवार भीमदत्त नगरपालिका–१५ को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै वडाभित्रका ७५ वर्ष भन्दा माथीका वृद्धवृद्धालाई न्यानो लुगा वितरण गरेको हो ।
वडा भित्रका एक सय ५५ जना जेष्ठ नागरिकलाई कम्मल वितरण गरिएको वडाध्यक्ष भीम बहादुर साहुले दैनिक सञ्चारलाई बताए ।
चिसोको मौसममा वृद्धवृद्धा निकै प्रभावित हुने भएकाले उनिहरुलाई मध्यनजर गर्दै कम्मल वितरण गरिएको उनले बताए ।
झण्डै दुई लाखको लगानीमा न्यानो लुगा वितरण गरिएको हो ।