काठमाडौं– सप्तरीमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन्।
बलात्कारको आरोपमा डाक्नेश्वरी नगरपालिका–५ बस्ने २० वर्षीय सियाराम मण्डल खत्वेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
सियारामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।