महेन्द्रनगर ।
कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भिर घाइते भएका छन् ।
पूर्व पश्चिम महेन्द्र राजमार्गको भीमदत्त नगरपालिका अन्तर्गत सुकासाल क्षेत्रमा भारतीय नम्बरको जीपले मोटरसाइकलाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् ।
पूर्वदेखि पश्चिमतर्फ गइरहेको डिएल १ आरटी ८९४२ भारतीय नम्बरको जीपले गड्डाचौकीदेखि महेन्द्रनगर बजारतर्फ आइरहेको म २ प ९४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट जीप चालक रन्जीत कुमार र मोटरसाइकल चालक भीमदत्त नगरपालिका– ४ भगतपुरका गोरे तामाङ गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र चन्दले दैनिक सञ्चारलाई बताए ।