महेन्द्रनगर ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत सुकासालमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका– ४ भगतपुरका गोरे तामाङको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुडथापाले दैनिक सञ्चारलाई बताए ।
यो पनिः घटनास्थल हेर्नुहोस् फोटोमा
मंगलवार पूर्वदेखि पश्चिमतर्फ गइरहेको डिएल १ आरटी ८९४२ भारतीय नम्बरको जीपले गड्डाचौकीदेखि महेन्द्रनगर बजारतर्फ आइरहेको म २ प ९४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट ठक्करबाट जीप चालक रन्जीत कुमार र मोटरसाइकल चालक भीमदत्त नगरपालिका– ४ भगतपुरका गोरे तामाङ गम्भिर घाइते भएको थिए ।
मोटरसाइकल चालक तामाङको मृत्यु भएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुडथापाले पुष्टि गरे ।