हिउँले अवरुद्ध बाटो खोल्दै नेपाली सेना

विज्ञापन

Share post:

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडमा हिमपातका कारण अवरुद्ध भएको बाटो खोल्न नेपाली सेना लागिपरेको छ।

खप्तड राष्ट्रिय निकुञ्ज जाने बाटो हिउँले पुरिएपछि त्यहाँ रहेको नेपाली सेनाको गुरु गोरख गुल्मका सैनिकले बाटो खोल्न सुरु गरेका गुल्मका उपसेनानी तीर्थबहादुर खत्रीले जानकारी दिए।

नेपाली सेनाका अनुसार खप्तड क्षेत्रमा अहिले पनि कम्तीमा चार फिट हिउँ अझै कायमै रहेका कारण बन्द भएका पर्यटकीय बाटा खोल्न समस्या भइरहेको छ।

हिमपातका कारण खप्तडमा रहेका पवित्र तीर्थस्थल त्रिवेणी, सहर्ष्लिङ्ग र घोडादाउने पाटनको बाटो बन्द भएका छन्।

नाटेश्वरी, खप्तडबाबा आश्रमसम्म जाने बाटो भने खोलिएको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ।

निकुञ्जमा रहेका बाटा हिमपातका कारण बन्द भएपछि त्यहाँ जाने पर्यटक तथा नेपाली सेनालाई गस्ती गर्नसमेत समस्या भएको बताइएको छ।

हिमपातपछि खप्तडको तापमान रातिको समयमा माइनस आठ डिग्री सेल्सियस रहने गरेको गुरु गोरख गुल्मले जनाएको छ।

खप्तडको सहर्ष्लिङ्गमा रहेको नेपाल टेलिकमको टावरले काम नगरेका कारण सञ्चार सम्पर्कमा समस्या भएको स्थानीय दीपकबहादुर खड्काले जानकारी दिए।

यस्तै, हिमपातका करणबाट अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अन्तर्गत विथ्थडचिर–खोड्पे सडकखण्ड संग्राम शार्दूल गुल्म, पानकोट व्यारेक, बझाङ्गअन्तर्गत बागथला पोष्टबाट खटिएका टोलीले खुलाएको छ।

श्रोतरासस

ताजा समाचार