दोधारा चाँदनीका हात्ती पीडित बस्तीमा टर्च लाइट बितरण

Share post:

पप्पु गुरुङ्ग, दोधारा ।
माहाकाली नगरपालिका कार्यालयले हात्ती पिडित क्षेत्रमा टर्चलाईट बितरण गरिएको छ् ।

माहाकाली नगरपालिका वडा नं. २ का हात्तीबाट प्रभावित क्षेत्रमा आज एक कार्यक्रमको बिच टर्चलाईट बितरण गरिएको माहाकाली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलापती भट्टले जनाएका छन् ।

माहाकाली नगरपालिका नगर कार्यपालिकाको बैठकले हात्तीको आतंकलाई रोक्न तथा मानविय, धनजनको क्षती रोक्न माहाकाली नगरपालिकाको हात्ती पिडित भनिएका बस्तीमा टर्चलाईट बितरण गरिएको माहाकाली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलापती भट्टले बताएका छन् ।

‘वडाका मायापुरी मध्यवर्ती सामुदायिक बन आसपासका बस्तीमा टर्च बितरण गरेका छौं’ माहाकाली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलापती भट्टले भने ।

माहाकाली नगरपालिका कार्यालयले भारतिय जंगलबाट बस्ती भित्रिदै आएको हात्तीबाट हुने सक्ने क्षतीलाई रोक्न पहल गरेकोमा स्थानियबासी खुशी भएका छन् । माहाकाली नगरपालिकाको वडा नं. १, २ र ३ वडामा हात्तीको आतंक देखा पर्न थालेको हो ।

भारतिय जंगलबो नेपाली बस्तीमा भित्रिदै आएको जंगली हात्तीको बथानले माहाकाली नगरपालिका वडा नं. ३ बडवाल आतंकित हुदै आएपनि केही दिन अघि मात्र जंगली हात्तीले माहाकाली नगरपालिका वडा नं. २ का २ जनाको आक्रमण गरि ज्यान लिएको र ४ जना घाईते बनाएपछि माहाकाली नगरपालिका नगर कार्यपालिकाको तत्काल बैठक बसेर उक्त निर्णय गरिएको हो ।

‘जंगली हात्तीबाट भएको क्षती तथा आगामी दिनहरुमा हुनसक्ने क्षती कम गर्न सहयोगको लागी हात्ती पिडित क्षेत्रका बासिन्दालाई वडा कार्यालयको सिफारिस अनुसार ५० थान टर्च लाईट र ६ थान सायरन खरिद गर्ने निर्णय गरियो’ माहाकाली नगरपालिका कार्यालय नगरकार्यपालिकाको निर्णमा भनिएको छ ।

ताजा समाचार