महेन्द्रनगर । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत सुकासालमा भएको दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् ।
मंगलवार भीमदत्त नगरपालिका– ४ भगतपुरका मोटरसाईकल चालक गोरे तामाङको उपचारको क्रममा मृत्यु भएको र घाईते जीप चालक रञ्जित कुमारलाई महाकाली अस्पतालले धनगढी रेफर गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुडथापाले दैनिक सञ्चारलाई बताए ।
यो पनिः मोटरसाइकल चालक तामाङको मृत्यु
रञ्जितको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरीएको महाकाली अस्पतालले जनाएको छ ।
मंगलवार पूर्वदेखि पश्चिमतर्फ गइरहेको डिएल १ आरटी ८९४२ भारतीय नम्बरको जीपले गड्डाचौकीदेखि महेन्द्रनगर बजारतर्फ आइरहेको म २ प ९४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।