हिउँमा पुरिएर बझाङमा २ जनाको मृत्यु

Share post:

बझाङ । बझाङमा जडीबुटी सङ्कलन गर्न गएका दुई जनाको हिउँमा पुरिएर मृत्यु भएको छ ।

सुर्मा गाँउपालिका–१ बस्ने १८ बर्सिया कविराज बोहरा र १४ बर्सिया सहदेव बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङ डिएसपी गणेश बमले जानकारी दिए ।

मङ्सिर २५ गते घरबाट सुर्मा गाँउपालीकाको ओखल भन्ने ठाउँमा जडीबुटी सङ्कलन गर्ने भन्दै गएका दुवै जनाको हिममा पुरिएर मृत्यु भएको उनले बताए । जडीबुटी सङ्कलन गर्न गएका दुवै जना घर नफर्किए पछि खोजी गर्दै जाँदा मङ्गलवार दुवै जना मृत अवस्थामा फेला परेको डिएसपी गणेश बमले जानकारी दिए ।

लगातार परेको हिमपातका कारण दुवै जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार