कञ्चनपुर जीप दुर्घटनाः तीव्र गति र मापसे सेवनले निम्त्याएको घटना !

Share post:

महेन्द्रनगर ।
मंगलवार दिउँसो कञ्चनपुरको भीमदत्त नगररपालिका सुकासालमा भारतीय नम्बरको जीपले मोटरसाइकललाई ठक्कर दियो ।

जीपको ठक्करबाट मोटरसाइकल चालक भीमदत्त नगरपालिका– ४ भगतपुरका चन्द्र बहादुर तामाङ (गोरे) को मृत्यु भयो । जीप चालक भीमदत्त नगरपालिका–१० जिमुवाका राकेश बम (रन्जीत) गम्भिर घाइते भए ।

उनको अहिले धनगढीस्थित उपचार भइरहेको छ । जीप र मोटरसाइकल एक आपसमा ठोकिदा दुवै सवारी साधन सडकबाट हुत्तिएर झाडी परेका थिए ।

मंगलवार दिँउसो पूर्वदेखि पश्चिमतर्फ गइरहेको डिएल १ आरटी ८९४२ भारतीय नम्बरको जीपले गड्डाचौकीदेखि महेन्द्रनगर बजारतर्फ आइरहेको म २ प ९४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक तामाङको मृत्यु भएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुडथापाले पुष्टि गरे ।

यस्तै जीप चालक राकेश बमलाई यहाँ उपचार सम्भव नभए पछि धनगढी रेफर गरिएको छ ।

यद्यपी हाल उनको अवस्थामा भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

जीप तीव्र गति कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुडथापा बताउँछन् ।

‘तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ ।’ प्रहरी निरीक्षक बुडथापाले दैनिक सञ्चारसंग भने, ‘जीप चालकले मापसे सेवन गरेको समेत खुलेको छ ।’


सम्बन्धित सामाग्री

ताजा समाचार