कञ्चनपुरमा ३ दिनदेखि बेपत्ता युवक मृत भेटिए

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरमा बुधवार एक जना युवक मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका– ८ पचौइमा स्थानीय २३ वर्षीय युवक दिनेश चौधरी मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले दैनिक सञ्चारलाई बताए ।

मृत भेटिएका चौधरी तीन दिनदेखि बेपत्ता थिए । मंसिर २९ गते खजुरिया जान्छु भनृेर हिडेका चौधरी त्यस पछि परिवारको सम्पर्कमा आएका थिएनन् ।

चौधरी आफ्नो घर नजिकैको स्थानीय नपौया नालीमा बुधवार मृत भेटिएका हुन ।

ताजा समाचार