महेन्द्रनगर ।
बैतडीकी मधु देवी भारतबाट बेपत्ता भएकी छन् ।
उपचारका लागि आफ्नो छोरासंग भारतको राजधानी नयाँदिल्ली गएकी मधु सोमबारदेखि हाल सम्म पनि परिवारको सम्पर्कमा आएकी छैनन् ।
उनको खोजी कार्य जारी रहेको छ ।
यद्यपी हालसम्म पनि सम्पर्कमा नआएको परिवार स्रोतले जनाएको छ ।
मधुको खोजी गरिदिन परिवारले आग्रह गरेको छ । उनलाई भेटाउनेले नजिकैको प्रहरी अथवा ९२०५४७८९२, ८३७७०६३८९६ र ७६६५६३८१६९ नम्बरमा सम्पर्क गरिदिन उनको परिवारले अपिल गरेको छ ।