महेन्द्रनगर ।
कञ्चनपुरमा बुधवार एक जना युवक मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका– ८ पचौइमा स्थानीय २३ वर्षीय युवक दिनेश चौधरी मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले दैनिक सञ्चारलाई बताए ।
यो पनिः कञ्चनपुरमा ३ दिनदेखि बेपत्ता युवक मृत भेटिए
मृत भेटिएका चौधरी तीन दिनदेखि बेपत्ता थिए ।
मंसिर २९ गते खजुरिया जान्छुँ भनृेर हिडेका चौधरी त्यस पछि परिवारको सम्पर्कमा आएका थिएनन् ।
चौधरी आफ्नो घर नजिकैको स्थानीय नपौया नालीमा बुधवार मृत भेटिएका हुन ।
घटनास्थल फोटोमा
फोटो सौजन्यः प्रहरी