कञ्चनपुर प्रहरीलाई ६ दिने भिड नियन्त्रण तालिम

Share post:

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरीलाई छ दिने भिड नियन्त्रण विशेष घुम्ति प्रशिक्षण तालिम हिजो बाट शुरु भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौको तत्वाधानमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान र प्रहरी हवल्दार लाई भिड नियन्त्रण विशेष घुम्ति प्रशिक्षण दिईन लागिएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएको छ ।

मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेश आचार्यले कार्यक्रम उद्धघाटन गरी प्रशिक्षणार्थीहरुलाई आवश्यक निर्देशन दिएका थिए ।

प्रशिक्षण कार्यक्रम पुस सात गते सम्म सञ्चालन हुने कञ्चनपुर प्रहरीले जनाएको छ ।

ताजा समाचार