महेन्द्रनगर । भारतको हरिद्धारमा जारी योग शिक्षक प्रशिक्षरण शिविरमामा नेपाल बाट झन्डै ५ हजार पशिक्षाणार्थीको सहभागिता रहेको छ ।
पतंजली योग पिठ हरिद्धारद्धारा आयोजित प्रशिक्षण शिविरमा नेपाल देखी ४ हजार ४ सय ४६ जना प्रशिक्षणका लागि सहभागि भएको पतंजली योग समिति नेपालका केन्द्रिय सदस्य लवराज भट्टले बताए ।
नेपालमा योग शिक्षा दिन चाहाना भएका भएका व्यत्तिहरुलाई योग शिक्षक प्रशिक्षणका लागी नेपालमा सहशिक्षक प्रशिक्षणको परिक्षा लगेको र सो परिक्षा पास भएका सहशिक्षक योग शिक्षक प्रशिक्षणका लागी हरिद्धार आएका भट्टले बताए ।
नेपाली प्रशिक्षाणार्थीहरुलाई बाबा रामदेव र बालकृष्ण आचार्यले प्रशिक्षण दिने भट्टले दैनिक सञ्चारलाई बताए ।
प्रशिक्षणका लागी प्रदेश नम्बर १ बाट ५ सय ७५, प्रदेश २ बाट ४ सय ५६, गण्डकी प्रदेश बाट ९ सय २५, प्रदेश ४ बाट १ सय १०, प्रदेश ५ बाट १ हजार ६ सय ३८, कर्णली प्रदेश बाट १ सय ३९ र सुदूरपश्चिम प्रदेश बाट ६ सय ३ जना सहभागि भएका केन्द्रिय सदस्य भट्टले बताए ।
प्रशिक्षण पुस १ गते देखी ५ गते सम्म सञ्चालन हुनेछ ।