विश्वभरमा २०१९ मा ४९ जना पत्रकारको हत्या गरिएको छ।
पछिल्ला १६ वर्षमा सबैभन्दा कम हत्या भएको हो। तर, लोकतान्त्रिक देशमा पत्रकारहरुको हत्याका घटना बढ्दै गएका छन्। यो मुख्य चिन्ताको विषय भएको छ।
पेरिसस्थित निगरानी संगठनको ‘रिर्पोटर्स विदआउट बोडर्स ९आरएसएफ०ले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। यो वर्ष अधिकतम पत्रकार यमन, सिरिया र अफगानिस्तानमा समाचार संकलनका क्रममा मारिएका छन्। यो क्रमले के देखाएको छ भने पत्रकारीता एक खतराजनक पेशा बन्दै गएको छ।
संगठनले पछिल्लो दुई दशकमा औषत रुपमा प्रत्येक वर्ष ८० पत्रकारले ज्यान गुमाउन बाध्य भएका छन्।
आरएसएफ प्रमुख क्रिस्टोफ डेलोयरले शान्तिपूर्ण रहेका देशहरुमा पनि पत्रकारको हत्या बढ्दै गएको र यो पत्रकारिताका लागि खतराको घन्टी भएको उनले बताए। यो वर्ष मेक्सिकोमा मात्र १० पत्रकारले ज्यान गुमाएका थिए।
‘ल्याटिन अमेरिकी देशहरुका १४ पत्रकारले यो वर्षमा ज्यान गुमाएका छन्,’ संगठन प्रमुख डेलोयरले भने ‘पश्चिम एसिया पनि यहीस्तरमा खतराको रुपमा रहेको थियो। अहिले यता पनि सरेको देखिन्छ।’ डेलोयरले युद्धग्रस्त क्षेत्रमा ज्यान गुमाउने पत्रकारहरुको संख्या यो वर्ष कम भएको उनले बताए।
‘यो खुसीको कुरा हो कि युद्धग्रस्त क्षेत्रमा रिर्पोटिङ्गमा रहेका पत्रकारहरुले यो वर्ष कम आँकडामा ज्यान गुमाएका छन्’ उनले भने ‘तर दुःखद कुरा के हो भने आफूलाई लोकतान्त्रिक भन्ने अधिकतम देशहरुमा पत्रकारलाई निशाना बनाइने क्रम बढेको छ, यो लोकतन्त्रका लागि पनि एक चुनौती हो।’
यसअघि अघिल्लो महिना युनेस्कोले सार्वजनिक आँकडामा दुई वर्षमा ५५ प्रतिशत पत्रकारको हत्या युद्धग्रस्त नभएका देशहरुमा रिर्पोटिङमा रहेका पत्रकारहरु निशाना भएका थिए। राजनीतिक, अपराध र भ्रष्टाचारमा कलम चलाई रहेका पत्रकारहरु लोकतान्त्रिक देशहरुमा निशाना हुने गरेको युनेस्काको प्रतिवेदनमा उल्लेख थियो।
युनेस्कोले २००६ देखि २०१८ सम्म विश्वभरमा १ हजार १ सय ९ पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरेको थियो। यसरी हत्या गर्ने व्यक्तिहरु मध्ये ९० प्रतिशत दोषी ठहर भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख छ। पछिल्लो दुई बर्ष २०१७–२०१८मा ५५ प्रतिशत पत्रकारले शान्ति कायम भएका देशमा ज्यान गुमाएका थिए।
यो वर्ष पत्रकारलाई थुनामा पठाउने क्रम भने बढेको प्रतिवेदनमा उल्लेख छ। २०१९मा करिब ३८९ जना पत्रकारलाई थुनामा पठाइएको छ। यो आँकडा अघिल्लो वर्षभन्दा १२ प्रतिशतले वृद्धी भएको छ। आरएसएफका अनुसार विश्वभरमा ५७ पत्रकारलाई अपहरण गरेर बन्दी बनाइयो। यसरी अपहरणमा पर्नेमा अधिकतम सीरिया, यमन, इराक र युक्रेनजस्ता देशमा भएको प्रतिवेदनमा उल्लेख छ।