सागमा पदक जितेका कञ्चनपुरका ४ खेलाडी कृष्णपुर नगरपालिकाद्धारा सम्मानित

Share post:

महेन्द्रनगर । दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग)मा पदक जितेका खेलाडीहरुलाई कृष्णपुर नगरपालिकाले सम्मान गरेको छ।

१३औं सागमा तेक्वान्दोबाट कृष्णपुर नगरपालिका–९ का वीरबहादुर महराले स्वर्ण पदक र मनोज मल्लले कास्य पदक जितेका थिए।

यस्तै, फेन्सिङ्गमा कृष्णपुर–२ की रमा सिंहले समूहमा रजत र एकलमा कास्य पदक जितेकी थिइन्।

फेन्सिङ्गमै सोही वडाका दिनेश पाण्डेयले कास्य पदक जितेका थिए।

गृह जिल्ला फर्किएका स्वर्ण पदक विजेता वीरबहादुर र कास्य पदक विजेता मनोजलाई नगदसहित सम्मान गरिएको छ।

फेन्सिङ्गमा पदक विजेता दुई खेलाडी आइनसकेकाले अर्को पटक सम्मान गरिने नगरपालिकाले जनाएको छ।

ताजा समाचार