ट्याक्टरको ठक्करबाट कैलालीमा एकजनाको मृत्यु

Share post:

धनगढी । ट्याक्टरको ठक्करबाट कैलालीमा एकजनाको ज्यान गएको छ ।

बुधबार बिहान कैलालीको घोडाघोडी नगरपालिका ११ मुर्धवामा ट्याक्टरको ठक्करबाट १२ वर्षीय विशाल बलामी मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

डोटीको जोरायल घर भई घोडाघोडी ११ मुर्धवा आफ्नै फुपाजुको घरमा बस्दै आएका बलामी मगरलाई नवलपुरबाट पहलवानपुरतर्फ आउँदै गरेको से. १ त ४९२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । ‘ट्याक्टर घटनास्थलमा प्रहरीको निगरानीमै छ’ उनले भने ‘चालक फरार छन् ।

हामी खोजिरहेका छौँ।’ प्रहरी नायब उपरीक्षक बस्नेतले ट्याक्टरधनी पत्ता लागिसकेको बताउँदै फरार रहेका चालक छिट्टै नियन्त्रणमा आउने बताए।

श्रोतथाहाखबर

ताजा समाचार