महेन्द्रनगर ।
मंसिर २९ गते चितवनका किसानमाथी प्रहरी प्रशासनले गरेको धरपकडप्रति कुखुरा तथा अण्डा उत्पादन किसान संघ कञ्चनपुरले आपत्ति जनाएको छ ।
विचौलियाहरुले कुखुरा तथा अण्डा उत्पादक संघले निर्धारण गरेको कुखुरा तथा अण्डाको मूल्यलाई सधैँ घटाएर किसान मार्ने कार्य गरेकोमा सो कार्यको विरोध गर्दै किसानहरुले आक्रोश व्यक्त गर्दा भएको धरपकडको संघले भत्र्सना गरेको कुखुरा तथा अण्डा उत्पादन किसान संघ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले बताए ।
‘विचौलियाहरुलाई पोस्न तथा उपभोक्ता जहिले पनि चर्को मूल्य तिर्न बाध्य हुने र आम किसानलाई यो पेशाबाट विस्थापित गर्न गलत नियत जबसम्म समग्र पोल्ट्री क्षेत्रमा रहन्छ यसले भविष्यमा यस्ता दुर्घटनाहरु निम्त्याउने नै छ ।’ उनले भने, ‘ विदेशी लगानीबाट होस् या अन्य कुनै पनि प्रकारका साना किसानहरुलाई पोल्ट्रीबाट विस्थापित गर्ने कार्यको हामी सधै विरोधमा छौँ ।’
किसानले उत्पादन गरेको कुखुरा तथा अण्डाको उचित मूल्य पाउने गरी सरकारले मूल्य निर्धारण गर्नु पर्ने उनले माग समेत गरे ।